Friday, July 16, 2010

माओवादी प्रस्ताव शान्ति सम्झौता र सहमतिहरु बिपरितः काँग्रेस/तीन दलीय बैठक अन्योलमा

काठमाडौ, अषाढ २६ - माओवादी लडाकुको समायोजनलगायतका विषयमा माओवादीले सार्वजनिक गरेको प्रस्ताव शान्ति सम्झौता र विगतका सहमतिहरुको बिपरित रहेको काँग्रेसले ठहर गरेको छ ।




शनिबार साँझ कार्यवाहक सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारी बैठकले माओवादीको प्रस्तावले गत जेठ १४ गते राती भएको तीन दलीय सहमतिको पहिलो बुँदा कार्यन्वयन हुन नसक्ने समेत निष्कर्ष निकालेको हो ।



'माओवादीले जुन प्रस्ताव ल्याएको छ, त्यसले जेठ १४ गते भएको सहमतिको पहिलो बुँदा कार्यन्वयन हुन सक्दैन' काँग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकपछि संवाददाताहरुसंग भने, 'बृहत शान्ति सम्झौता र विगतको सहमतिहरुलाई तोडमरोड गरिएको छ ।'



माओवादीले शनिबार दिउँसो राजनीतिक गतिरोध अन्त्यको लागि भन्दै तीन महिनामा लडाकुको समायोजन तथा पुनस्थापनाको कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसमा लडाकुलाई तत्काल बिशेष समितिको माताहात लैजाने उल्लेख गरिएको छ ।



पौडेलका अनुसार बैठकले माओवादीले आफ्नो प्रस्तावमा माओवादी लडाकुलाई राष्ट्रिय सेनासंग बराबरीको हैसियतमा राखेकोमा पनि आपत्ति जनाएको छ । अनमिनले मस्यौदाको रुपमा तयार पारेको ६० हप्ताको समायोजन तथा पुनस्थापना कार्यतालिकाको पनि अलोचना गरेको छ ।



काँग्रेसले पदाधिकारी बैठकले गरेको निर्णयहरु जानकारी गराउन तथा थप छलफलका लागि आइतवार ११ बजे केन्द्रिय कार्य समितिको बैठक बोलाएको छ । काँग्रेसले दिउसो ११ बजे बैठक राखेपछि बिहान ८ बजे बस्ने भनिएको तीन दलीय बैठक अन्योलमा परेको छ । साँझसम्म माओवादीले बैठकको लागि खवर नगरेको भन्दै काँग्रेसले दिउसो केन्द्रिय कार्यसमितिको बैठक बोलाएको हो ।



यस्तो छ माओवादी प्रस्ताव:



http://www.ekantipur.com/np/2067/3/26/full-news/314417/

No comments:

Post a Comment