Wednesday, December 22, 2010

मिस नेवा ट्यालेन्ट शो



    कान्तिपुर संवाददाता
    काठमाडौ, पुस ७ - मिस नेवा-२०१० का प्रतियोगीहरू ट्यालेन्ट शोका लागि मंगलबार स्टेज उक्ले । होटल हिमालयमा आयोजित शोमा धेरैले नेवारी संस्कृति र रीतिरिवाज आधारित नृत्य गरे, केहीले गीत र नाटक पस्के ।
    नेवारी संस्कृति सम्वर्द्धनको उद्देश्यसाथ गरिएको प्रतियोगिताका लागि नेपाल र भारतका गरी ३६ प्रतियोगी भिडिरहेका छन् । यीमध्ये एकलाई मिस ट्यालेन्टको उपाधि दिन ट्यालेन्ट शो गरिएको हो । निर्णायकमण्डलमा निर्णय श्रेष्ठ, गौरवमान श्रेष्ठ,  सुरज वाङेल,  सचिन  श्रेष्ठ, चन्द्रमान मुनिकार, डा. घनश्याम खतिवडा लगायत थिए ।
    आयोजक फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार निणर्ायकमण्डलको निर्णय पुस १४ गते नेपाल प्रज्ञा  प्रतिष्ठानमा हुने फाइनल प्रतियोगितामा सुनाइनेछ ।         
    पोखरामा पनिनेवारी संस्कृति र भाषाको उत्थानका लागि पोखरामा पनि मिस नेवाः सौन्दर्य प्रतियोगिता हुने भएको छ ।
    माघको तेस्रो साता हुने प्रतियोगितामा १६ देखि २५ वर्ष उमेर समूहका ३० जना नेवारी युवतीहरूको सहभागिता रहने आयोजक नेवाः खलः पोखराले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।  
    पहिलोपटक हुन लागेको प्रतियोगिताबाट हुने आम्दानी  पोखराको भीमसेन टोलमा रहेको नेवारी समुदायको नमुना घर निर्माणका लागि खर्चिने आयोजक समितिका अध्यक्ष प्रकाशमान पालिखेले बताए ।


    प्रकाशित मिति: २०६७ पुस ७ ०८:५१

    No comments:

    Post a Comment