Monday, August 9, 2010

विश्व्ा आदिवासी दिवसमा व्यक्त गर्नुभएको मन्तव्य

समारोहका सभापति महोदय,

म~ाचमा उपस्थित विशिष्ट अतिथि सम्माननीय सभामुखज्यू

माननीय सभासदहरु

बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु

बिभिन्न आदिवासी जनजाति संघ-सङ्गठनका प्रतिनिधि मित्रहरु

आदिवासी जनजाति दिदीवहिनी तथा दाजुभाइहरु †

विश्व आदिवासी दिवस-२०६७ का अवसरमा देशभित्र र विश्वमा छरिएर रहेका सम्पूर्ण आदिवासी दाजुभाइ तथा दिदीवहिनीहरुलाई हार्दिक बधाई दिदै सम्मानपूर्वक सम्मृद्ध जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज यस समारोहमा सहभागी भई तपाईहरुका साँस्कृतिक पहिचानसँग साक्षात्कार हुन पाउँदा मलाई खुसी लागेको छ । आज भन्दा १९ वर्ष अगाडि नेपालमा प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनासँगै स्थापना भएको महासङ्घ आदिवासी जनजातिमाथि भएका सबैखाले विभेद र उत्पीडन अन्त्य गर्ने अभियानमा लागेको देख्दा म अत्यन्त खुसी छु । हाम्रो मुलुकमा अहिले राज्यको पुनसंरचना हुन गइरहेको छ र हामी त्यस बमोजिम संविधान निर्माण गर्ने क्रममा रहेका छौँ । यस अवस्थामा आदिवासी जनतजाति संघ-संस्थाहरुको सम्बद्ध सकि्रय अगुवाहरुको ज्यादै ठूलो भूमिका रहेको छ ।

सबै नेपालीले समान अपनत्व र अवसर पाउने अवस्थाको सिर्जना गरेर सहिष्णुता सहकार्य र सदभावबाटै हामीहरुले राष्ट्रलाई सवल र सम्पन्न बनाउन सक्छौँ । सबै नेपालीले ुयो राष्ट्र हामी सबै नेपालीको हॊु भन्ने भावना जगाउने र सबै जनजाति भाषाभाषी र समुदायवीच भावनात्मक एकता कायम गर्न सके हाम्रो राष्ट्रिय एकता र अखण्डता अझ बलियो हुनेछ । हामी खास जात वा सम्प्रदाय वा जाति विशेषको पहिचानको निम्ति मात्रै होइन सबै नेपालीलाई समेट्ने समावेशी सबैको पहिचानयुक्त सवल राष्ट्रवादका पक्षमा दृढतापूर्वक उभिनु परेको छ । जातीय÷भाषिक क्षेत्रमा पहिचानको कुरा उठाउँदा राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव बिसर्िने र राष्ट्रिय एकता र अखण्डताको कुरा गर्दा सबै नेपालीको स्वाभिमान र पहिचानलाई अक्ष्ाण्ण राख्न त्यतिकै प्रतिवद्ध भएर लाग्दा आशंका निर्मूल हुनेछ । यस अर्थमा महासङ्घसँग सम्बद्ध सवै नेपाली दाजुभाइ र दिदीबहिनीहरु सन्तुलित र संयमित ढङ्गले प्रस्तुत हुनुहुनेछ भन्ने विश्वास मैले गरेको छु ।

हामीले जे नाम दिए पनि जे भाषा बोले पनि जे वकालत गरे पनि आखिर परिणाम खोजेको आर्थिक-सामाजिक रुपले पछाडि परेको वर्गको उत्थान र विकास नै हो । विकासका कुरा गर्दा पहिचान स्रोतमाथिको पहुँच र दिगो व्यवस्थापनलाई हामीले बिस्रनु हुँदैन । त्यसैले हाम्रा प्रयासहरु समातामुलक समाज निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ ।

आदिवासीको अधिकार र पहिचानका लागि संयुक्त राष्ट्रसंघले ९ अगस्त १९९४ मा अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउने घोषणा गरेको हो । संयुक्त राष्ट्र सङ्घको आदिवासी अधिकारसम्बन्धी घोषणापत्र पनि १३ सेप्टेम्वर २००७ मा पारित गरिसकिएको छ । एसियामा मात्रै झण्डै २० करोड आदिवासी रहेको तथ्याङ्कहरुबाट देखिन्छ । धेरै आदिवासी जनजातिहरु गरिबीको रेखामुनि बाँच्न विवश छन् । यी सबै कुरालाई ध्यानमा राखेर हामी सबैले विशेष प्रयत्न गर्नु आवश्यक छ ।

बहुराष्ट्रिय निगमको प्रभाव विस्तार हुँदै जाँदा र भूमण्डीकरणका कारण आदिवासीहरुको स्रोतमा पहुँच र अधिकारहरु थप सङ्कुचित हुने खतरा बढेको छ । त्यसो हुन नदिने सरकारको दायित्व छ । नेपाल सरकारले दलित तथा जनजातिका मुद्दालाई सम्बोधन गर्न र उनीहरुलाई आर्थिक-सामाजिक विकासको मूलधारमा ल्याई उत्पीडन र शोषणबाट उन्मुक्ति दिने उद्देश्यले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपेक्षित उत्पीडित र दलित समुदाय उत्थान विकास समिति र पिछडिएको समुदाय विकास समीति गठन गरेको छ । अझै पनि यी निकायहरुका कि्रयाकलापलाई आम समुदाय समक्ष पुर् याउन र विभेदरहित समाज निर्माण गर्न हामीले धेरै काम गर्न बाँकी छ । गन्तव्य पहिल्यायौँ राम्रोसँग योजनाबद्ध ढंगले त्यसतर्फ समन्वयात्मक रुपमा लाग्यौँ र प्राप्त राजनीतिक-आर्थिक उपलब्धिहरुलाई जोगाउँदै साधन-स्रोतको न्यायोचित वितरण गर्न सक्यौँ भने मात्र हाम्रो अभिष्ट पूरा हुनेछ ।

अहिले हामी संविधान निर्माणको काममा जुटेका छौं । शान्ति प्रकृया सार्थक निष्कर्षमा पुर् याउने उद्देश्य सफल बनाउन पनि लागिरहेका छौं । तर विडम्बना † हामीले व्यबस्थापिका-संसदबाट आजसम्म नयाँ सरकार गठन गर्ने काम पूरा गर्न सकिरहेका छैनौं । यसले गर्दा हाम्रँे क्षमता वचन र प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठिरहेको छ । मैले नेतृत्व गरेको सरकारले राजीनामा दिएको दुईघण्टाभित्र राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा अझै पनि हाम्रँे कानमा गुिाजरहेको छ । २ घण्टा होइन २० घण्टा २ सय घण्टाहुँदै २ हजार घण्टा पनि बितिसक्यो । तर अहिलेसम्म पनि सरकार कहिले गठन हुने हो कुनै ठेगान छैन । त्यसकारण राजनीतिक नेताहरुले कुनै कुरा बोल्छन् भने त्यसप्रति जिम्मेवार हुन सक्नुपर्छ । राष्ट्रिय सहमति कायम गर्छु भन्ने । तर बहुमतका निम्ति मरिहत्ते गर्ने र त्यो पनि ल्याउन नसकेर र् याईँर् याईँती घुमेको घुम्यै गर्ने † यस्तो खालको अबस्थाबाट हामी अगाडि बढिरहेका छौं । अब पाचौं पटक र् याईँर् याईँती घुम्ने चक्रमा हामी पुग्न गइरहेका छौं । के होला कसो होला अझै पनि मानिसहरु आश्वस्त हुन सकिरहेका छैनन् । त्यसकारण पाचौं चक्रमा प्रवेश गर्नु बुद्धिमानी हुन्छ कि हुँदैन सहमतिका निम्ति अरु कुनै उपाय अवलम्बन गर्नु उपयुक्त हुन्छ कि † यसका निम्ति अब गम्भीर छलफल गर्न जरुरी छ । पाचौं पटक छैटौं पटक मात्रै होइन दशौं पटकसम्म पनि जान्छु भन्ने अभिव्यक्ति पनि सुन्नमा आइरहेको छ । यो त अत्यन्तै हद भयो अति भयो । मानिसहरुले खिल्ली उडाउन थालिसके । नेपालको प्रतिष्ठामा आँच आउन थालिसक्यो । तर कतिपय दलका हाम्रा नेताहरुलाई अलिकति पनि त्यसमा संकोच लागिरहेको छैन । त्यसकारण अब त संकोच मानौं गम्भीर बनौं राष्ट्रिय सहमतिका निम्ति अगाडि बढौं सहमतिका निम्ति त्यागको उदाहरण कसले प्रस्तुत गर्नुहुन्छ त्यसका निम्ति जमर्को गरौं र सहमति जसरी जे गरेर हुनसक्छ गरौं । राष्ट्रिय सहमतिको दस्तावेज तयार गरेर राष्ट्रिय सहमतिको आधारपत्र तयार गरेर सत्ता साझेदारीको सिद्दान्त निरुपण गरेर मात्रै वल्ल सरकार निर्माणको पूर्वाधार तयार हुनसक्छ । त्यसपछि सरकार गठन गर्नका लागि कुन विधि अवलम्बन गर्ने कसको नाममा सहमति गर्ने सोझो तरिका अवलम्बन गरौं । मैले आजसम्म यही भन्दै आएँ । तर कतिपय पार्टीलाई हतार भइसकेको थियो । मैले राजीनामा दिएपछि सरकार कामचलाऊ भएको छ । अहिले आदिवासी जनजातिका अध्यक्षले र अन्य मित्रहरुले मलाई भन्दै हुनुहुन्थ्यो आदिवासी जनजाति दिवसका उपलक्ष्यमा सरकारले विदा दिँदा राम्रँे हुन्थ्यो । अवश्य पनि अहिले जुन् विदाको व्यबस्था गरिएको छ त्यसलाई हेर्दा नेपालले संसारका अरु देशहरुलाई उछिनीसकेको छ । अत्यन्तै धेरै विदा पाउने देशमध्ये नेपाल पनि पर्छ । विकसित देशहरुमा विदामा कम हुन्छ । हामीकहाँ त विदाको प्रतिस्पर्धा छ । तर यसका बाबजुद पनि कुन् विदा कटौति गर्ने कुन् दिने बारेमा नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता छ । आम सबैका सरोकार भएका अवसरहरुमा स्वभाविक रुपमा हामीले बढी महत्व दिनुपर्छ । यसका निम्ति गम्भीरतापूर्वक छलफल गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।

अहिले पनि मुलुकलाई अनिर्णयको बन्दी बनाउने निष्कर्षविहीन चक्रब्यूहमा रुमल्लिरहने स्थितिबाट मुक्त गर्नुपर्ने आवश्यकता छ । सरकार निर्माण गर्ने काम सँगसँगै शान्ति प्रकृयालाई टुंगोमा पुर् याएर संविधान निर्माणको सवालमा मिलेर अगाडि बढ्ने प्रतिबद्धता आज प्रमुख राजनीतिक दलहरुको तर्फबाट व्यबस्थापिका संसदको तर्फबाट माननीय सभासद्हरुको तर्फबाट प्रष्ट प्रतिबद्धता आउनु आवश्यक छ भन्ने मैले ठानेको छु ।

आजको यस दिनले राज्यलाई आफ्नो कर्तव्यमा अझ सकि्रय भई लाग्न उत्पे्ररित गरेको छ । आम जनसमुदायलाई पनि आदिवासी जनजातीलाई सामाजिक-आर्थिक विकासको मूलप्रवाहीकरण गर्न घच्घच्याउनेछ भन्ने विश्वासका साथ तपाईंहरुको कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै फेरि पनि हार्दिक शुभकामना व्यक्त गर्दै म आफ्नो मन्तव्य यहीँ टुंग्याउँछु

धन्यवाद †

सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालले विश्व जनजाति अन्तर्राष्ट्रिय दिवस २०६७ साउन २४ काठमाडौँ मा दिनुभएको मन्तव्य

http://www.madhavnepal.com/speech.php?id=205

No comments:

Post a Comment