Sunday, August 15, 2010

जनजातिद्वारा मसाल जुलुस प्रदर्शन

कान्तिपुर संवाददाता
काठमाडौ, श्रावण २९ २०६७ ०८:०९ - राजधानीका बिभिन्न क्षेत्रहरुमा शनिबार साँझ आदिवासी जनजाति कार्यकर्ताहरुले मसाल जुलुस निकालेका छन् । उनीहरुले आइतवार नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित देशव्यापी चक्काजामको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
मसाल जुलुस राजधानीको रत्नपार्क, बालाजु, कलंकीलगायतका क्षेत्रमा प्रदर्शन गरिएको थियो ।
यसअघि शनिबार दिउँसो देशव्यापी चक्का जाम फिर्ता लिन आग्रह गर्दै विभिन्न उद्यामी व्यवसायीहरुले गरेको कार्यक्रममा महासंघका अध्यक्ष राजकुमार लेखीले अस्वीकार गरेका थिए ।
उनले शान्ति, संविधान र त्यसमा सबै प्रकार सामाजिक, जातीय अन्तरविरोधहरुको अन्त्य हुने गरी व्यवस्था नभएमा मुलुकले सही निकास पाउन नसक्ने भन्दै चक्का जामको बिकल्प नभएको बताएका थिए ।
महासंघले शान्तिको बहाली, नयाँ संविधान बनाउन र त्यसमा आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गरिएको हुनुपर्ने माग गर्दै साउन १ गतेदेखि एक महिनो आन्दोलन गर्दै आएको छ । एक महिने आन्दोलनको अन्तिम् कार्यक्रमको रुपमा देशव्यापी चक्काजाम आयोजना गरिएको हो ।

http://www.ekantipur.com/np/2067/4/29/full-news/316220/

No comments:

Post a Comment