Monday, August 16, 2010

प्रहरीले ज्यादति गरेको भन्दै जनजाति महासंघद्वारा भर्त्सना

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण ३१ - नेपाल आदिवासी जनजाति  महासंघले आइतवार आयोजना गरेको देशव्यापी चक्काजाम तथा यातायत बन्दको कार्यक्रममा शान्तिपूर्ण प्रदर्शनमा उत्रेका जनजाति नेता तथा कार्यकर्ताहरुलाई निर्ममतापूर्वक दमन गरी गिराफ्तार गरेको घटनाको भर्त्सना गरेको छ ।
जातीय संस्थाहरु तथा सम्बन्धन प्राप्त जनजाति संघसस्थाहरुको सोमबार बसेको आकस्मिक बैठकले आदिवासी जनजातिको शान्तिपूर्ण प्रदर्शनमा कुटपिट गर्दै गिराफ्तार गरेको घटनालाई गम्भीर रुपमा लिंदै गृहमन्त्रालयको उक्त ज्यादति विरुद्ध शसक्त आन्दोलन गर्ने निर्णयसमेत गरेको महासंघद्वारा जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
चक्काजाम कार्यक्रममा उपत्यकामा करिब ५ सय र विभिन्न जिल्लामा थप पाँच सय गरी एक हजार नेता कार्यकर्तालाई बिना कारण गिराफ्तार गरेको जनाएको छ । पक्राउका क्रममा बौद्ध, चाबहिल, बालाजु, कलंकी, सातदोबाटो र बानेश्वरमा शान्तिपूर्वक सडकमा बसीरहेकाहरुलाई दुर्व्यहार गरी कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ । गिराफ्तार गरिएका अधिकाँशलाई आइतवार नै छाडे पनि केहीलाई सोमबार छाडिएको थियो ।
चक्काजाम विहान ५ बजेबाट शुरु भएकोमा ६ बजेसम्ममा महासंघका सबैजसो पदाधिकारीदेखि जातीय संस्थाका पदाधिकारीहरु पक्राउ परिसेकेको जनाइएको छ । महासंघको शान्तिपूर्ण आन्दोलनमा यसअघि कहिले पनि यसप्रकारको प्रहारी ज्यादति नभएको बताएको छ ।
आम नेपालीको एक मात्र चाहनाको रुपमा रहेको शान्ति र संविधान लेखन समयमा नै पुरा हुनुपर्ने माग गरि आह्वान गरेको शान्तिपूर्ण विरोध प्रदर्शन मानवअधिकारको न्यूनतम सिद्धान्तलाई समेत कुल्चदै गरेको दमन प्रजातान्त्रिक मुलुकका निकै कालो घटना भएको महासंघ ठहर गरेको छ । प्रहरी ज्यादतिको विरोधमा मंगलबार थप विरोधको कार्यक्रम घोषणा गर्ने पनि महासंघले जनाएको छ ।
प्रकाशित मिति: २०६७ श्रावण ३१ ०७:१९          

http://www.ekantipur.com/np/2067/4/31/full-news/316331/

No comments:

Post a Comment