Sunday, August 15, 2010

कार्यकर्ता रिहा नगरे थप आन्दोलनको चेतावनी

प्रदीप मेन्याङ्बो
                 
धरान, श्रावण २२ - राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बूवान प्रान्तीय परिषद्ले झापाको विर्तामोडस्थित मुक्तीचोकबाट पक्राउ परेका आफ्ना केन्द्रीय सदस्य सहित ६ जनालाई विनाशर्त रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
परिषद्का केन्द्रीय इन्चार्ज केपी पालुङ्वाले आफ्ना जायज माग राखेर शनिबार आयोजना गरिएको शान्तिपुर्ण लिम्बुवान बन्दको बेला प्रहरी प्रसासनले आफ्ना नेता कार्यकर्ता माथि धरपकड गरेकोमा आपत्ति जनाएका छन् ।
प्रहरीले परिषद्का केन्द्रीय सदस्य शिव आचार्य सहित ६ जनालाई पक्राउ गरेको पालुङ्वाले बताए । प्रहरीले परिषद्का आचार्यसहित झापा जिल्ला अध्यक्ष तिलक सिं लिम्बु, सचिव पदम कन्दङ्वा र संगठित सदस्यहरु जमान लिम्बू, अमिर राई र सागर राईलाई पक्रेर हिरासतमा राखेको उनले बताए । पालुङ्वाले पक्राउ परेका सवैलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
परिषद्ले विसं १८३१ साउन २२ गते शाह राजा पृथ्वीनारायण शाहले लिम्बुवान हरण गरेकाले सो दिनलाई कालो दिन मानेर कोशी पुर्वका नौ जिल्ला बन्द गरेको जनाएको छ ।
परिषद्ले तोकिएको समयमा संविधान जारी गर्नुपर्ने, सरकार र लिम्बुवानबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, लिम्बूवान क्षेत्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आव्हान गरेको बन्दले शनिबार पुर्वी नेपालको जनजीवन प्रभावित रह्यो ।
http://www.ekantipur.com/np/2067/4/22/full-news/315845/

No comments:

Post a Comment